ट्रेण्डिङ

दोधारा चाँदनी। दोधारा चाँदनी नगरपालिका–६ निवासी गौमती देवी रानाले आफ्नो ४८औं जन्मदिनको अवसरमा समाजसेवी उदाहरण प्रस्तुत गरेकी छन्।

शनिबार उनले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा पुगेर खाद्यान्न सहयोग गरेकी हुन्। रानाले अनाथालयका बालबालिकालाई एक कट्टा चामल, पाँच किलो आलु, दुई किलो दाल, दुई लिटर तेल, एक किलो नुन, चार दर्जन केरा, पाँच किलो स्याउ र दुई किलो प्याज प्रदान गरेकी छन्।

आफ्नो जन्मदिन अर्थपूर्ण बनाउन समाजसेवामार्फत खुसी बाँड्न चाहेको बताउँदै रानाले भनिन्, “जन्मदिनमा भोजभतेर गर्नेभन्दा अरूको मुखमा मुस्कान ल्याउन पाउँदा बढी सन्तुष्टि मिल्छ।”

उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। अनाथालयका बालबालिकाले रानाको सहयोगप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech