Clickable Banner Ad

दोधारा चाँदनी–८ मा चित्तल नियन्त्रण, निकुञ्जमा सुरक्षित लगियो

दोधारा चाँदनी नगरपालिका–८, गैराबारी टोलमा शनिबार बिहान वन क्षेत्रबाट भागेर आएको चित्तल (वन्यजन्तु) स्थानीय युवाहरूको सक्रियतामा सुरक्षित रूपमा नियन्त्रणमा ल्याइएको छ।

Advertisement

वडा नं. ८ का सदस्य भरत नेपालीको अगुवाइमा अरुण बुढा मगरसहित टोलका युवाहरूले चित्तललाई कुनै क्षति हुन नदिई नियन्त्रणमा लिई राष्ट्रिय शुक्लाफाँटा निकुञ्जका सम्बन्धित अधिकारीहरूलाई तत्काल जानकारी गराएका थिए।

निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेपछि चित्तललाई गाडीमा राखेर सुरक्षित रूपमा निकुञ्जमा लगिएको छ। सुरक्षाकर्मीहरूले चित्तललाई सावधानीपूर्वक नियन्त्रणमा लिएको र गाडीमार्फत निकुञ्जतर्फ लगिएको छ।

पछिल्ला दिनहरूमा वन्यजन्तुहरू बस्ती क्षेत्रमा प्रवेश गर्न थालेकोप्रति स्थानीयवासीहरूले गम्भीर चासो व्यक्त गरेका छन्।

Loading

Leave a Comment

Advertisement
Advertisement