दोधारा चाँदनी – महिलाहरूको महान् पर्व हरितालिका तीज २०८२ को अवसरमा दोधारा चाँदनी नगरपालिकाले NNSWA र DCA Nepal सँगको सहकार्यमा विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। तीजको भीडभाड र मनसुनको समयमा हुन सक्ने प्राकृतिक विपद्, विशेष गरी बाढी र डुवानबाट जनधनको क्षति कम गर्ने उद्देश्यले नगर क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डहरू राखिएको जनाइएको छ।
कार्यक्रममार्फत बाढी आउनु अघि र पछि अपनाउनुपर्ने तयारी र सतर्कताका उपायहरू सार्वजनिक गरिएको छ।
बाढी आउनु अघि: प्राथमिक उपचार सामग्री तयार राख्ने, महत्त्वपूर्ण कागजात सुरक्षित राख्ने, आपतकालीन ब्याग तयार गर्ने, घर वरिपरिको ढल निकास सफा राख्ने र मौसम पूर्वानुमानमा ध्यान दिने।
बाढी आएपछि: उच्च स्थानमा सुरक्षित रहनु, बालबालिका र वृद्धवृद्धाको विशेष सुरक्षा गर्नु, आपतकालीन सम्पर्कमा रहनु र उद्धार टोलीको निर्देशन पालना गर्नु।
NNSWA का प्रोग्राम को–अर्डिनेटर राज कुमार सुनार ले विपद् व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता अति आवश्यक भएको बताउँदै आगामी दिनमा जनचेतनामूलक गतिविधिलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो। दोधारा चाँदनी नगरपालिका, NNSWA र DCA Nepal ले संयुक्तरूपमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
![]()