Clickable Banner Ad

ओमकार आवि का अभिभावकहरुको भेलाले विद्यालय सञ्चालन गर्न प्रअ र शिक्षकलाई निर्देशन

कक्षा ८ को निल नतिजापछि ओमकार आविमा अभिभावक आक्रोशित, प्रअ ओझाको राजीनामा अस्वीकृत

Clickable Video Ad

दोधारा — दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० मा रहेको ओमकार आधारभूत विद्यालयमा कक्षा ८ को परीक्षामा नतिजा निल आएपछि अभिभावकहरू आक्रोशित हुँदै एक्सनमा आएका छन्। सोमबार बसेको अभिभावक भेलाले विद्यालय सञ्चालनको जिम्मेवारी प्रधानाध्यापक र शिक्षकहरूलाई कडाइका साथ निर्देशन दिएको छ।

Advertisement
Advertisement

भेलाले विद्यार्थी भर्ना, पाठ्यपुस्तक तथा पोशाक वितरण कार्यलाई भोलिदेखि सुरु गर्न निर्णय गरेको छ। साथै, विद्यालयका प्रधानाध्यापक दीपक चन्द्र ओझाले ८ गते दिएको राजीनामा अभिभावक भेलाले अस्वीकृत गर्ने निर्णय समेत गरेको छ।

प्रधानाध्यापक ओझाले कक्षा ८ को नतिजा निल आएपछि आफ्नो जिम्मेवारी स्वीकार्दै राजीनामा दिएका थिए। तर, अभिभावकहरूले विद्यालय सुधारका लागि उहाँकै नेतृत्वमा सुधारात्मक कार्यक्रम अगाडि बढाउनुपर्ने माग गरेका छन्।

Loading

Advertisement

Leave a Comment